माघे संक्रान्ती कार्यक्रमको तयारी पुरा

अमेरिकाबाट प्रस्तुती दिन आईपुगिन संगिता थापा मगर

टोकियो,पुष,२७-नेपाल मगर संघ जापानले गर्न लागेको माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रमको तयारी पुरा भएको जनाएको छ।मगर संघले जापानका मुख्य ५ ठुला सहरहरुमा माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रमको आयोजना गर्दैछ।

कार्यक्रममा चर्चीत राष्ट्रीय कलाकार र स्थीनीय कलाकारहरुले प्रस्तुती दिने नेपाल मगर संघ जापानका अध्यक्ष रामहरी खपाङ्गी मगरले जानकारी दिनुभयो।

यस्तै: कार्यक्रममा प्रस्तुती दिनको लागी विभिन्न ठाउँबाट कलाकारहरुको जापानमा आगमन भैईसकेको छ।कार्यक्रममा सहभागी हुन अमेरिका बाट आज चर्चीत राष्ट्रिय कलाकार संगिता थापा मगर आई पुग्नु भएको छ।

विमान स्थलमा छोटो कुराकानी गर्ने क्रममा कलाकार संगिता थापा मगरले आफू जापान आउन पाउदा अत्यन्तै उत्साहित भएको जानकारी दिनुभयो।उहाँले विगत १२ वर्ष अगाडी नै आफूलाई जापान आउने अवसर मिलेको तर विभिन्न कारण आउन नपाउदा आफूलाई एकदमै दुख लागेको थियो, तर यसपाली आउन पाए अत्यन्तै खुशी लागेको बताउनुभयो।

यस्तै अन्य राष्ट्रिय कलाकारहरुमा चेतन घर्ती मगर, रितु थापा मगर, रचना राना मगर, पवित्रा घर्ती मगर, प्रगती पुन मगर, कामना फगामी मगर, सागर थापा मगर, यामराज जर्घा मगर, गिता पाईजा मगर, पवित्रा सरतुंगे मगर लगायत कलाकारहरुले प्रतुती दिने  महासचिव भिक्टर ठाडा मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।

नेपाल मगर संघ जापान केन्द्रिय समिती र क्षेत्रीय समितीको संयुक्त आयोजनामा यहि जनवरी १२ मा नागोया,जनवरी १३ मा ओसाका,जनवरी १४ मा फुकुओका, जनवरी १८ मा गुन्मा र जनवरी १९ मा टोकियोमा माघे सक्रान्ती विशेष सांगितिक कार्यक्रम हुने कोषाध्यक्ष सविन थापा मगरले जानकारी दिनुभयो ।

कार्यक्रम गर्नुको मुख्य उद्देश्य भनेको मगर भेषभुषा तथा कला संस्कृतीको प्रर्दशनी र म्याग्दी जिल्ला रघु गाँउ पालीका ४ घर भई ईतावासी बस्दै आउनु भएका मृगौला पिडीत एलिना पुन मगरलाई सहयोगार्थ गर्नु पनि रहेको आयोजक समितीले जनाएको छ।