काठमाण्डौं,कार्त्तीक,८-
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमाले र नेकपा माओवादी केन्द्रवीच बनेको वाम गठबन्धन भारत र अमेरिकाले रापेको विउ भएको आरोप लगाउनु भएको छ ।

आज काठमाडौंको टुँडिखेलमा एक सयौं अक्टोबर क्रान्ति दिवसको अवसरमा आयोजित बृहत्त आम सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो आरोप लगाउनु भएको हो ।
उहाँले भन्नुभयो ‘एमाले र माओवादी केन्द्रवीच अहिले बनेको गठबन्धन बाम साम केही होईन, यो हल्लामात्रै हो, यो वामभन्दा पनि मिलेर खाने दामगठबन्धन भएको बताउनुभयो ।