नगरको शैक्षिक सुधारमा उपमहानगरपालिकाको पहल

नेपालगञ्ज कार्तिक ८-

नगर क्षेत्रका निजी र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि नेपालगञ्ज उपमहानगरपालिकाले पहलकदमी थालेको छ । शिक्षा सम्वद्ध अधिकारी, शिक्षक र अभिभावकको माग र आवश्यक्तालाई मध्यनजर गर्दै उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणाले आज निजी विद्यालयहरुको संगठन प्याव्सन, एन प्याव्सन लगायत सम्वद्ध सरोकारवालासँग आवशयक परामर्श गर्नु भएको हो ।

निजी र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि गर्न सकिने पहलका लागि डाकिएको भेलाले नेपालगञ्ज उपमहानगरपालिका स्तरिय संस्थागत विद्यालय समन्वय समिति समेत गठन गरेको छ । मेयर राणाले सरकारी र निजी विद्यालयबीचको समन्वय र सहकार्यले गुणात्मक शैक्षिक विकास गर्न सकिने विश्वास व्यक्त गर्नु भयो ।

सहायक जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापाको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले आवश्यक परामर्श गरेर तत्काल कार्य योजना बनाउने छ । समितीको सदस्य सचिवमा उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खीमानन्द अर्याल र

सदस्यहरुमा प्याव्सन बाँकेका अध्यक्ष विकास बहादुर सिंह, एन प्याव्सनका अध्यक्ष कृष्ण जीसी, चिरञ्जीवी चन्द र मान वहादुर थापा रहनु भएको छ । समितीले विद्यालयको समग्र सुधारसँगै शिक्षक र विद्यार्थीका हकअधिकारका विषयमा समेत सहजीकरण गर्ने सदस्य सचिव अर्यालले जानकारी दिनुभयो ।