प्राज्ञिक विद्यार्थी परिषद्को लोगो सार्वजनिक

रोशन घर्ती/

काठमाण्डौं,माघ,८-

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले सोमबार आफ्नो सातौं राष्ट्रिय अधिवेशनको लोगो सार्वजनिक गरेको छ । सोमबार वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारी विद्यार्थी परिषद्ले सातौं राष्ट्रिय अधिवेशनको लागो सार्वजनिक गरेको हो ।

अधिवेशनको लोगो सोमबार राजधानीमा एक कार्यक्रमका बीच परिषद्का राष्ट्रिय महासचिव रमेश कण्डेल र राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

विद्यार्थी परिषद्को सातौं अधिवेशन आगामी चैत्र तेस्रो साता पोखरामा हुँदै छ । लोकतन्त्र, रोजगार र मूल्यआधारित शिक्षाका लागि सातौं राष्ट्रिय अधिवेशन भन्ने मूल मर्मका साथ अधिवेशन गर्न लागिएको विद्यार्थी परिषद्ले जनाएको छ ।

यसअघि विद्यार्थी परिषद्ले २०७२ चैत्रमा आफ्नो छैठौं राष्ट्रिय अधिवेशन काठमाडौंमा गरेको थियो । २०५२ सालमा स्थापना भएको परिषद्ले विभिन्न शैक्षिक कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, नेतृत्व तथा व्यक्तित्व विकासका तालिमहरु सञ्चालन गर्दै आएको छ ।

मुलुकको सबै जिल्लामा काम गर्दै आएको विद्यार्थी परिषद्ले सातौं राष्ट्रिय अधिवेशनको लागि तयारी तिव्र पारिएको जनाएको छ ।