चर्चित र्‍यापर ‘यमबुद्ध’ सदाका लागि अस्ताए

yama buddhaकाठमाडौं, माघ २ – यम बुद्ध भनेर चिनिने २९ वर्षीय चर्चित र्‍याप गायक अनिल अधिकारीको लण्डनमा रहस्यमय मृत्यु भएको छ। मोरङ घर भएका अधिकारी लण्डन साउथ हयारोस्थितमा श्रीमतीसँगै  बस्दै आउनु भएको थियो ।  अधिकारी स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे बाथरुममा मृत भेटिनु भएको हो ।

अधिकारीका जेठान रेश मरहठ्ठाले घटनाको पुष्टि गर्नु भएको हो । अधिकारीको शव हार्रोमा रहेको नर्थविक पार्क अस्पतालमा राखिएको छ । प्रहरीले परिवारका सदस्यालाई सोमबार मात्रै सम्पर्क गर्न आग्रह गरेको उल्लेख छ । उहाँको शवको पोष्टमार्टम बुधवार हुने पारिवारिक स्रोतले जनाएको छ।

अधिकारीका जेठान मरहठ्ठाले निधनको कारण पोष्टमार्टम पछि मात्रै थाहा हुने बताउनु भएको छ ।तर र्‍यापर यमबुद्धले झुण्डिएर आत्महत्या गरेको उल्लेख छ । सन् २०११ “साथी “ बोलको गीतबाट यमबुद्धले चर्चा पाउनु भएको थियो । उहाँका फुटपाथ मेरो घर, साथी, आमा, मेरो जुत्तामा, आउँदैछु म, नाचन, लगायत कयौं गीतहरु हिट छन्।

उहाँका “एकादेशमा “ र यमबुद्धमिक्सटेप” गरी दुई एल्बम निस्किएका छन् । उहाँले नयाँ एल्बम ‘खतरा’ छिट्टै बजारमा आउने जानकारी फेसबुकमा  तीन दिन अगाडि मात्र पोष्ट गर्नु भएको थियो । उहाँले आवरण म्यूजिक भिडियोमा प्रियंका कार्कीसँग गीत समेत गाउनु भएको थियो ।

उहाँ सन् २०१६ मा फेशबुकमा गरिएको  १० टपटेन सेलिब्रेटि मध्ये एक मात्र पुरुष सेलिब्रेटी बन्नु भएको थियो। उहाँ टपटेनमा ७ औं स्थानमा रहन सफल हुनुभएको थियो । उहाँको आधीकारीक फेशबुक पेजमा ११ लाख ३४ हजार लाई रहेको थियो ।