नेपालगन्ज महोत्सवमा आज बिराज भट्ट र टंक तिमिल्सिना आउने

नेपालगंज,माघ,३-

दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को आठौं दिन माघ ३गते आज बहुचर्चित नायक बिराज भट्ट र चर्चित गायक टंक तिमिल्सिना लगाएत अन्य थुप्रै कलाकारहरु आउने भएका छन। पहिलो पट्क बिराज भट्ट कार्यक्रम लागि नेपालगन्ज आउन लागेका हुन । दर्शकको आग्रहमा आयोजकले उनिहरु लाई नेपालगन्ज ल्याएको हो ।

प्रचार प्रसार उप समिति संयोजक सुनिल रेग्मीका अनुसार कार्यक्रम सहभागी हुन उनिहरु बुधबार नै नेपालगन्ज आइपुगेका छन् । बिहिवार नायक भट्टले डाइलगका साथ साथै डान्स प्रस्तुत गर्ने छन भने गायक टंकले भने चर्चित सनसनि, मेरि छोर्याटी, मैना लगाएतका गीतहरु प्रस्तुत गर्ने छन।बिहीबार करिब २५ हजार दर्शकले महोत्सवको अबलोकन गर्ने आयोजक ले अपेक्षा लिएको छ ।

त्यस्तै नृत्य प्रतियिगिताको मेगा राउन्डको लागि पनि बिहिवार प्रतियोगिता हुने छ । नृत्य प्रतियिगिताको मेगा राउन्डको लागि १३ जना प्रतिस्पर्धिहरुले प्रतिस्पर्धा गर्ने छन।मेलाको सातौं दिन सम्म आइपुग्दा सबै भन्दा बढी दर्शक बुधबार रहेको आयोजकका अध्यक्ष नन्द बुढाले बताए।

बुढाका अनुसार बुधबार करिव २० हजार भन्दा बढि दर्शकले महोत्सवको अवलोकन गरेका थिए । भोलि पनि स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने महोत्सव माघ ८ गते सम्म सन्चालन हुने आयोजकले जनाएको छ।