ताजा मतपरीणाम अपडेट : अहिले सम्म को कहाँबाट विजयी भए हेरौं

काठमाण्डौ,मंसिर,२२-

प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याएका हुन् ।

यस्तै : एमालेले प्रदेशसभामा पनी जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित विष्टले ११६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङधावा गुरुङले ६५७ मत ल्याएका छन् ।

यसैगरी : राजिव गुरुङ अर्थात (दिपक मनाङ्गे) प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ मनाङको प्रदेशसभा ‘ख’ मा विजयी हुनुभएको हो । उहाँ १४ सय १० मतका साथ निर्वाचित हुनुभएको हो । स्वतन्त्र उम्मेदवार मनाङेले कांग्रेसका कर्मा गुरुङलाई ३ सय ९० मतअन्तरले हराउनुभएको हो ।

त्यस्तै : प्रतिनिधिसभा सदस्यमा मनाङबाट एमालेका पोल्देन छोपाङ गुरुङ विजयी हुनुभएको छ । पूर्व श्रम तथा रोजगार राज्यमन्त्री र कांग्रेस मनाङका सभापतिसमेत रहेका कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई २७९ मतान्तरले हराउँदै पोल्देन छोपाङ विजयी हुनु भएको हो । पोल्देन छोपाङले २३ सय मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी टेकबहादुर गुरुङले दुई हजार २१ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी : मनाङको प्रदेशसभा ‘क’ मा भने नेपाली कांग्रेसका चिन्तबहादुर घले विजयी हुनुभएको छ । घलेले ९ सय ९८ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत ल्याउनुभयो। । १ सय २ मतान्तरले कांग्रेसका घलेले एमालेका गुरुङलाई चुनावी परिणाममा पछि पार्नुभएको हो ।

यसैविच : रुकुमको पूर्वमा भने प्रतिनिधिसभातर्फ माओवादी नेतृ कमला रोकाले १०४३४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशँकर घर्तीले ४४०६ मत प्राप्त गर्नुभएको छ । कुल खसेको १८११२ मतमध्ये १६४२४ सदर भएको र ११८८ बदर भएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले बताउनुभयो ।

त्यस्तै : हुम्लामा प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । लामाले ८ हजार ४९१ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी :  हुम्ला प्रदेशसभा(ख) मा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जीवनबहादुर शाही विजयी भएका छन् ।

कांग्रेसका शाहीले माओवादी केन्द्रका विजय भण्डारीलाई पराजित गर्नु भएको हो । यो कांग्रेसको प्रदेश ६ को पहिलो जित हो । शाहीले चार हजार ५१९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादीका भण्डारीले ३९ सय ९३ मत ल्याएका हुन् ।

 

यसैगरी: प्रदेससभा ‘क’मा नेकपा एमालेका उम्मेदवार दल रावलले विजय हासिल गरेका छन् । रावलले ७ हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका ठानबहादुर रोकायाले ४ हजार ८११ मत प्राप्त गरेका छन् ।

यस्तै : बाजुरा प्रदेशसभा ‘क’मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा एमाले जिल्ला कमिटी सचिव बलदेव रेग्मीले ९ हजार ८४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज गिरीले ८ हजार ३११ मत ल्याएका छन् । बलदेव रेग्मीले एक हजार ५२९ मतले कांग्रेस गिरीलाई पराजित गरेका हुन् ।

यसैविच : म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर ‘ख’मा नेकपा एमालेकी नरदेवी पुन निर्वाचित भएकी छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेकी पुनले दुई हजार ८७१ मतान्तरले नेपाली कांग्रेसका अमलाल फगामीलाई पराजित गरेकी हुन् । एमालेकी पुनले १० हजार ८६८ र कांग्रेसका फगामीले सात हजार ९९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

त्यसैगरी: म्याग्दीको प्रदेशसभा क्षेत्र ‘क’मा नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन् । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले कांग्रेस–राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मतान्तरले पराजित गरे । केसीले १४ हजार ७०४ र उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै : जुम्ला प्रदेशसभा ‘क’मा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नरेश भण्डारी विजयी भएका छन् । उहाँ १२ हजार ५७४ मत प्राप्त गरी भण्डारी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुसिंह कठायतले ८ हजार ५३४ मत प्राप्त गरेका छन् । जुम्ला प्रदेश ‘ख’मा भने वाम गठबन्धनका उम्मेदवार पदमबहादुर रोकाया विजयी भइसकेका छन् ।

यसैविच :  धादिङ–२ को क्षेत्र नम्बर(ख) मा एमालेका राजेन्द्रप्रसाद पाण्डे विजयी भएका छन्। पाण्डे २७ हजार ३ सय ३२ मतका साथ विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ८५ मतको अग्रतासहित पराजित गरेका छन्। श्रेष्ठले १३ हजार ६ सय ४७ मत प्राप्त गरेका छन्।

त्यस्तै : प्रदेश सभामा धादिङको क्षेत्र नं २ अन्तर्गतको ‘ख’ प्रदेशसभामा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका जगत सिंखडा विजयी भएका छन् । प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाका अनुसार जगत सिंखडाले १७ हजार ६ सय ५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका डम्बर तामाङले १५ हजार ७ सय ७४ मत ल्याउनुभएको छ । उहाँको मत अन्तर १ हजार ८ सय ३१ रहेको छ ।

त्यसैगरी : जाजरकोटको प्रदेशसभा ‘ख’ मा नेकपा एमालेका करवीर शाही विजयी हुनुभएको छ । वाम गठबन्धनका उम्मेदवार शाही १५ हजार १ सय ८५ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक जंग शाहले १० हजार ३ सय ६० मत प्राप्त गर्नुभयो । एमालेका शाहीले कांग्रेसका शाह भन्दा ४ हजार ८ सय २१ बढी मत ल्याएर विजयी हुनुभएको हो ।

यसैगरी : एउटा मात्रै प्रतिनिधिसभा सदस्य रहेको डोलपामा वाम गठबन्धनबाट एमालेका धनबहादुर बुढा विजयी भएका छन् । बुढाले फराकिलो मतान्तरले कांग्रेसका अंगत बुढालाई पराजित गर्दै विजयी भएका हुन् । बुढाले ११ हजार ७६१ मत ल्याए भने कांग्रेसका अंगत बुढाले तीन हजार १६७ मत ल्याएका छन् । डोल्पाको प्रदेश क’ मा एमालेका उम्मेदवार विजय भइसकेका छन् भने ‘ख’ मा पनि माओवादीका उम्मेदवार दोब्बरमतले अगाडि छन् ।

यस्तै : बाग्लुङ क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार टेकबहादुर घर्तीले जित हासिल गरेका छन् ।बाम गठबन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका घर्तीले ३ हजार २ सय ६० को मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतबहादुर शेरचनलाई हराए । घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरे भने शेरचनले ८ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।

यसैविच : रुकुम पश्चिमको प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका रातो कामी विजयी भएका छन् । उनले कांग्रेसका कृष्णबहादुर रोकायलाई ८ हजार २३३ मत अन्तरले हराए । विजयी रातो कामीले १६ हजार ८१० मत पाएका छन् भने रोकायले ८ हजार ५७७ मत पाएका छन् ।

त्यसैगरी : बझाङको प्रदेशसभामा पनि वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा -क) मा एमालेका अर्जुन थापा र खमा माओवादी केन्द्रकी देवकी मल्ल विजयी भएका हुन् । क मा थापाले १७ हजार ८६५ मत ल्याइ विजयी हुँदा उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १९७ मत ल्याइन् ।

यसैगरी : प्रदेशसभा ख मा पनी माओवादी केन्द्रकी देवकी मल्ल १६ हजार ७४३ मत विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नरेबहादुर सिंहले १४ हजार २४२ मत पाएका छन् ।