अहिले नेपाल र चाईनिज ताइपे भिड्दै ( Live video) सहित

काठमाण्डौं,भाद्र,२४-

विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्वको खेलमा नेपालले अग्रता लिएको छ ।खेलको तेस्रो मिनेटमा नेपालका लागि अन्जन विष्टले गोल गरेका छन् ।पहिलो हाफमा नेपाल १–० ले अघि बढेको छ ।

लाईभ खेल हेर्न तल क्लिक गर्नुहोस ।

नेपालले विश्वकप छनोटको दोस्रो खेलमा ताईपेविरुद्व मैदान उत्रिएको हो ।प्रशिक्षक योहान कालिनले ताईपेविरुद्व मुख्य फरवार्डमा विमल घर्तिमगरलाई मौका दिएका छन् ।

मिडफिल्डमा विशाल राई, सुजल श्रेष्ठ, अन्जन विष्ट, रोहित चन्द र रवि पासवान रहेका छन् । यस्तै डिफेन्समा अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी र रजित धिमाल रहेका छन् ।

प्लेईङ् सेटमा नियमित खेल्दै आएका बिक्रम लामालाई आराम दिईएको छ ।गोलकिपरमा किरण चेन्जोङ नियमित छन् ।