काठमाडौं,बैशाख,३-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
शुक्रबार बसेको प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मतको लागि राखिएको प्रस्तावमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
विश्वासको मतका लागि २१ सांसद्को मत आवश्यक रहेकोमा मुख्यमन्त्री शाहीले २२ मत पाउनुभएको हो । कर्णाली प्रदेशमा ४० सांसद् रहेकामा ३७ जना उपस्थित थिए।मुख्यमन्त्री शाहीको विपक्षमा १५ सांसद्ले मत दिएका थिए ।
माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका शाहीको दलसँग प्रदेशमा १३ सिट थियो, त्यसमध्ये पनि सांसद् धर्मराज रेग्मीले पद त्याग गरेर एमालेमा प्रवेश गरेपछि १२ सिटमा खुम्चिएको छ ।
आफ्नाो पार्टीको १२, नेपाली कांग्रेसको ६ र एमालेको नेपाल पक्षीय ४ सांसद्को मतका कारण मुख्यमन्त्री शाहीको पद जोगिएको छ । प्रदेश सभामा एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।