सहीदहरुको सम्झनामा कोहलपुरमा प्रभात र्याली

बाँके,माघ,१६-
शहिदहरुको सम्झनामा कोहलपुरमा प्रभात फेरी र्यालीको आयोजना गरीएको छ । कोहलपुर नगरपालिका कार्यालयको आयोजनामा प्रभात फेरी र्यालीको आयोजना गरिएको हो । र्यालीको कोहलपुर चौराह बाट शुरु भई कोहलपुरका विभिन्न भागको परिक्रमा गरी कोहलपुर चौराहमा नै कोण सभा गरिएको थियो ।

सभामा कोहलपुर नगरपालिका उप प्रमुख सन्जु कुमारी चौधरीले स्वागत मन्तव्य राख्दै विर सहिद को त्याग र बलिदानले आजको दिनमा हामीले यो सुख भोग गर्ने अवसर मिलेको बताउदै विर सहिदहरुको आत्माले शान्ति पाउन् भन्ने धारणा राखेनुभयो ।

कार्यक्रमा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले आफ्नो धारण राखेका थिए । कार्यक्रममा को समापन गर्दै कोहपुर नगरपालिका कार्यालयका प्रमुख लुट बहादुर रावतले सहीदहरुको बलिदानले गर्दा देशले कोल्टे फेरेको बताउदै रावतले प्रभात फेरी र्यालीमा सहभागि सबै लाई धन्यवाद दिएका दिनुभयो ।

प्रभात फेरी र्यालीमा इलाका प्रहरी कार्यालय क्षेत्रिय ट्रफिक प्रहरी कार्यालय सशस्त्र प्रहरी त्रिपुरा गण लगाएत सरकारी तथा गैर सरकारी निकायहरुको सहभागिता रहेको थियो ।