ओखलढुंगा हुदै सोलुखुम्बु तर्फ लादै गरेको २ सय ८० चल्ला नष्ट

सिर्जना बर्देवा /
ओखलढुंगा,भाद्र २३-
अवैध रुपमा राजधानीबाट सोलुखुम्बु तर्फ लादै गरेको २ सय ८० वटा चल्ला प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ । आज बिहान गोरुमारे प्रहरी बिटले पक्राउ गरेको गिरिराज जातको उक्त चल्ला जिल्ला पशु सेवा कार्यालयका प्राविधिकहरुको रोहबरमा नष्ट गरिएको हो ।

क्वारेन्टाइन परिक्षण बिना र खरिद गरेको बिल समेत नरहेको चल्ला बा १५ च ८५९७ नम्बरको पिकअप भ्यानमा सोलुखुम्बुको केरुङका लागि लगिएको थियो ।

नविन किशोर मगर नाम गरेका व्यापारीले ल्याएको उक्त चल्लामध्ये १६ वटा मरिसकेको र अन्यको समेत क्वारेन्टाइन परिक्षण र खरिद गरेको बिल समेत नरहेकोले अवैध ठहर गरि नष्ट गरिएको जिल्ला प्रहरीका डिएसपी अर्जुन तिमिल्सिनाले बताउनुभयो ।

चल्लामा कुनै रोग रहन सक्ने सम्भावना रहेको र अवैध समेत रहेकोले कानुन बमोजिम मुचुल्का उठाई नष्ट गरिएको डिएसपी तिमिल्सिनाले बताउनुभयो । जम्मा ६५ हजार मूल्य बराबरको चल्ला नष्ट गरिएको हो ।