विमानस्थल सञ्चालनका लागि दबाव समिती गठन

भण्डारीले फेसवुक पेज वनाई उक्त अभियान सूरु गरेका हुन

इन्द्र कार्की /
महेन्द्रनगर,भाद्र,२३        सुदूरपश्चिमका बरिष्ठ पत्रकार खेम भण्डारीले मझगाउँ विमानस्थल पुनःसञ्चालनका लागि नागरिक स्तर वाट अभियान सूरु गरेका छन् । उक्त अभियानलाई अगाडि वढाउन विहिवार उद्योग बाणिज्य संघ कञ्चनपूरमा दवाब समिती गठन गरिएको छ । भण्डारीले विमानस्थल पुनःसञ्चालनमा ऐक्यवद्धता जनाउन फेसवुक पेज वनाई उक्त अभियान सूरु गरेका हुन । उद्योग बाणिज्य संघको नेतृत्वमा जिल्लामा रहेका विभिन्न गैर सरकारी,पेशागत संगठन र व्यवसायीक संगठनका प्रतिनिधिहरु सदस्य राखेर उक्त दबाव समिती गठन गरिएको हो । दबाव  समितीमा होटेल व्यवसायी संघ,महाकाली यातायात समिति,पवनदुत यातायात समिति,नमस्ते, मानव यातायात समिति र नेपाल पत्रकार महासंघ लगायतका संस्थाका प्रतिनिधिहरु समेत सदस्य रहेका छन् । समितिले भदौ अन्तिम साता विमानस्थल सञ्चालनका लागि स्थानिय प्रशासन मार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

      कार्यक्रममा आफनो धारणा राख्दै अभियन्ता पत्रकार खेम भण्डारीले बन्द विमानस्थल पुनःसञ्चालनका लागि सरकारले वेवास्ता गर्दै आएकोले दबाव दिन नागरिक स्तरबाटै पहल सुरु गरिएको वताए । विमानस्थल सञ्चालन हुृन नसक्दा गौचरनमा परिणत भएको उल्लेख गर्दै पुर्व जिल्ला उप सभापति राजेन्द्र रावलले बन्द रहेको विमानस्थल सञ्चालनले अर्थतन्त्रमा टेवा पुग्ने वताए यस्तै कञ्चनपुर उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव जोशीले विमानस्थल सञ्चालन भए पछि कञ्चनपुरको पर्यटन तथा आर्थिक क्षेत्रमा विकास हुने वताए । मझगाउँ विमानस्थल दुई दशक देखि बन्द अवस्थामा रहेकोले गौचरनमा परिणत भएको छ ।