सुरक्षाकर्मी माथिको आक्रमण सिंगो नेपाली माथिको आक्रमण

एउटा छिमेकीका नागरिक राजधानीमै आएर प्रहरी कुट्ने अर्को छिमेकी सीमा मिच्ने

काठमाण्डौं,बैशाख,२७-आफ्नो देश जान पाउनु पर्ने माग राख्दै केहि थान चिनियाहरु शुक्रबार नेपाल प्रहरी माथि नै जाइलागे । त्यो पनि देशको सबैभन्दा ठूलो प्रशासनिक भवन जहाबाट सिंगो मुलुकको प्रशासन चल्छ, सिंह दरबार अगाडि ।

अर्काको देशमा आएकाहरुले उल्टै त्यहि देशको सुरक्षाकर्मी माथि आक्रमण गर्नु कति सम्मको अन्याय, अत्याचार र हेपाई हो ? असल छिमेकी मानिदै आएको चिनका नागरीकले सुरक्षाकर्मीलाई नै हमला गर्ने साहस कसरी गरे ? सुन्दा पनि अच्चम, यो दृश्य देख्दा झनै आफैलाई लज्जित बनायो ।

उसो त हाम्रा छिमेकी देशले नेपाल माथि थिचोमिचो गर्दै आएका अहिले होईन यसको ईतिहास लामो छ । यो कुरा फुर्सदमा गरौला । सिमा क्षेत्रमा विवाद, झडप हुनुलाई स्वभाविक पनि मान्न सकिएला । तर मुलुकको संघीय राजधानी काठामाण्डौँमा आएर नै सुरक्षाकर्मीलाई आक्रमण गर्नेहरुले अरु सामान्य सर्वसाधारणलाई झन के सोच्लान ?

के ति चिनियाहरुले नेपाल प्रहरीलाई आक्रमण गरे पछि मात्र आफ्नो देश जान पाउथ्ये होला र ? यसको गम्भीर रुपमा छानविन गरी दोषी माथि हदै सम्मको कार्वाहि गर्ने आँट नेपाल सरकारले गर्छ होला ? अह म ठोकुवाका साथ लेख्दैछु । कार्वाहि त परको कुरा अझै पनि सरकारलाई थाहा छैन, तिम्रा सुरक्षाकर्मीलाई चिनियाहरुले मुक्का हानी सके ।

सत्ता र पदको लालचमा एक आपसमा गुटबन्दी र कुर्ची तानातानमा अल्झिएको सरकारले थाहा पायो की पाएन हाम्रो नेपाली भूमि लिपुलेक सहितको सिमानामा भारतले कैलाश मानसरोवार जाने सडक बनाएर उद्घाटन गरीसक्यो । संयोग नै मान्नुपर्छ एउटा छिमेकीले अन्र्तराष्ट्रिय सिमा सन्धी र सम्झौताको धज्जी उडाउदै सडक उद्घाटन गरेकै दिन अर्को छिमेकी देशका नागरिकले देशको संघीय राजधानीमा सुरक्षाकर्मीलाई माथि आक्रमण गरे ।

सरकार, यी दुई घट्नाले आज सिंगो नेपालीको रगत झन तातेको छ ।सकिन्छ उच्च स्तरीय संयन्त्र मार्फत सिमा विवाद छिटो टुंग्याऊ । सकिदैन भने सिमाको छिनोफानो कसरी गर्ने त्यो जिम्मेवारी नेपाली जनतालाई देऊ ।सक्छौ भने हाम्रा सुरक्षाकर्मी माथि मुक्का हान्ने चिनियाहरुलाई कार्वाहि गर ।

त्यो पनि सक्दैन भने देशको सच्चा सपुताई हात उठाउनेसंग बदला कसरी लिनुपर्छ नेपाली जनतालाई राम्रोसंग थाहा छ । देशको सिमाना मिचिदै गर्दा, आफ्नो देशको प्रहरी माथि आक्रमण हुदा हामी कसरी सहेर बस्न सक्छौ ? जवाफ चाहियो सरकार । हामी कसैको अन्याय र अत्याचार सहन सक्दैनौ सरकार ।।