बाह्यशक्तिको एजेन्डाभन्दा राष्ट्रिय एजेन्डालाई प्राथमिकता दिनोस ओली

काठमाडौं, पुस ९ –नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्व। कृष्णप्रसाद भट्टराईको ९३औं जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।नेपाली राजनीतिमा अत्यन्तै सन्त र सादगी नेताकोरुपमा परिचय बनाउन सफल नेता भट्टराई इमान र नैतिकवान राजनेताकारुपपा नेपाली जनतामाझ परिचित थिए ।यस अवसरमा शुक्रबार ललितपुरको बाडेगाउँस्थित भट्टराई आश्रममा गरिएको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘अहिलेको अवस्थामा संविधान संशोधनभन्दा राजनीतिक गतिरोध अन्त्यका लागि चुनावी वातावरण बनाउनुपर्छ’–उहाँले भन्नुभयो तत्काल चुनावको मिति घोषणा गरे आफूहरुले चुनावमा भाग लिने र सरकारलाई सहयोग गर्ने अध्यक्ष ओलीको भनाइ छ ।

संक्रमणकाल टुंग्याउने र चुनाव गराउने दायित्व रहेको वर्तमान सरकारलाई बाह्यशक्तिको एजेन्डाभन्दा राष्ट्रिय एजेन्डालाई प्राथमिकता दिन उहाँले आग्रह गर्नुभयो ।सो अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्को माघ महिनासम्म स्थानीय, प्रान्तीय र राष्ट्रिय चुनाव गराउन नसकिए मुलुकमा संवैधानिक संकट उत्पन्न हुने बताउनुभयो । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्ने अरु वक्ताले अहिलेको अवस्थामा भट्टराईले देखाएको बाटोमा हिँड्नसकेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।