निशुल्क स्वास्थ्य कान शिविर

बाँके,पौष ९-शुक्रबार नेपाल जुनियर रेडक्रस सर्कल ज्ञान दीप माध्यमिक विद्यालय कम्दी–९ डलैयपुरको आयोजनामा निःशुल्क  कान स्वास्थ्य  शिविर आयोजना भएको छ ।बालबालिकाहरुमा बढी देखिने कान स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्नका    लागि   विद्यालयमा अध्ययनरत  छात्र÷छात्राहरुलाई लक्षित  गरि  कान  स्वास्थ्य  शिविर संचालन  गरिएको  आयोजकले जानकारी दिनुभयो ।

ब्रिनोज   कान   स्वास्थ्य सामुदायिक सेवा केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा संचालन भएको  शिविरमा  ३  सय  ६८  जना बालबालिकाहरुको  कान  परीक्षण गरिएको थियो । परीक्षणका क्रममा सब भन्दा बढी कानमा फोहर जम्मा हुने समस्या देखिएको थियो । साथै कानको जाली फुटेको १२ जना मध्ये ५  जनाको  अप्रेशनका  लागि सिफारिस गरिएको ज्ञानदीप मा.वि.का जुरेस  शिक्षक नायक राजेन्द्र प्रसाद सिग्देलले जानकारी दिनुभयो ।