बाँके बनकटवामा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते

बाँके,पौष ९-बाँके  बनकटवामा  शुक्रवार एम्बुलेन्स  दुर्घटना  हुँदा  चार  जना घाइते भएका छन् ।बनकटवा वडा नं.९ सम्झना चोक स्थित राखिएको ड्रममा जिल्ला अस्पताल  बैतडीको  एम्बुलेन्स ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका  हुन्  ।  बिरामीलाई  ल्याउने क्रममा ठोकिदा पल्टिएर दुर्घटना हुँदा बैतडि न्वाली २ बस्ने मन्जु ठगुन्ना, ईश्वरी ठगुन्ना, बाँके सितापुर ८ बस्ने प्रेम चन्द, चालक बैतडी सिद्दापुर ९ बस्ने रमेश भट्ट घाइते भएका हुन् ।

साथै बाँके कचनापुर ३ स्थित रुकुमबाट  नेपालगन्ज  तर्फ  आउदै गरेको  ना.६ख.३७९६  नं.को  बस आफै अनियन्त्रित भई दुर्घटना हुँदा बस चालक रुकुम आठबिसकोट ४ बस्ने प्रेम प्रकाश बुढा क्षेत्री सहित १३ जना घाइते भएका छन् । नेपालगन्ज १३ वाटिका होटल अगाडी  आर्दशनगरवाट  विद्युत कार्यालय  तर्फ  गईरहेको  भे.१ त.६९४९ नं.  को ट्याक्टर र नेपालगन्जवाट रुपैडिया  तर्फ  गईरहेको  रा.१ च.१६०५ नं.को रिक्साले टेक्टरवाटो क्रस  गर्ने  क्रममा  रिक्सा  आफै अनियन्त्रित  भई  पल्टिंदा  रिक्सा चालक घाइते भएका हुन् ।