सल्यानमा जीप दुर्घटना हुँदा नौ जना घाइते

सल्यान, चैत २१ –

सल्यानमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। आज दाङबाट सल्यानको खैरावाङ मन्दिर जाँदै गरेको लु १ ज १३१३ नं। को जिप दुर्घटना भएको हो। शारदा नगरपालिका वडा न १ छापडाँडाको उकालोमा जिप दुर्घटना भएको हो ।

घाइते हुनेहरु सबै दाङका रहेका छन्। घाइते सबैको श्रीनगरस्थित मोडेल हस्पिटलमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

चैते दसैंको पूजाआजा गर्न खैरावाङ आएको घाइतेहरुले बताएका छन्।प्रत्येक वर्ष वडादसैं र चैते दसैंको समयमा दर्शनार्थीहरु चढेका सवारीसाधन दुर्घटना हुने गरेका छन्।