ट्रकको ठक्करले बालिका सिकिस्त घाइते

के-पी-घिमिरे/
नेपालगन्ज,जेठ,२०-
बाँकेको कोहलपुर देखि नेपालगन्ज तर्फ अाउदै गरेको ट्रकले राझा एयरपोर्ट नजिकै ठक्कर दिदा एक बालिका सिकिस्त घाइते भएकी छिन् ।अाज बिहान करिव ९-४५ बजे तिर पैदल यात्री जिल्ला दाङ राजपुर गाउँ पालिका ७ बस्ने बर्ष ११ कि बिपना वलिलाई ना-५ ख- ८८९२ नम्बरको ट्रकले रोड काट्ने क्रममै ठक्कर दिएको थियो ।

निज घाइतेलाई तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा लगिएको थियो । त्यहा उनको प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं रिफर गरिएको मेडिकल कलेजले जनाएको छ। सवारी चालक मकवानपुर जिल्ला नवलपुर गाउँ पालिका बस्ने वर्ष २६ का प्रताप सिंह रुम्वालाई र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी हवल्दार राज कुमार चौधरी र प्रहरी जवान बसन्त चौधरीले बताउनु भयो ।