सामर्थ्य नेपाल नेपालगन्जले बागेश्वरिको सरसफाई मंगलबार गर्ने

डम्मर थापा मगर/

बाँके,भदौ,१२-
बागेश्वरि मन्दिरको सरसफाई मंगलबार गरिने भएको छ । सामर्थ्य नेपाल नेपालगन्जद्वारा आयोजित बागेश्वरि सरसफाई अभियानले मंगलबार बागेश्वरि मन्दिर परिसर सहित आसपासका क्षेत्रहरुमा सरसफाई गर्ने भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाकि उपमेयर उमा थापा मगरको उपस्थितिमा उक्त कार्यक्रम हुन लागेको हो ।’समाज परिबर्तनमा सिर्जनशिल युवाका हातहरु’ भन्ने मुख्य उदेश्य बोकेको सामर्थ्य नेपालले बिभिन्न जिल्लाहरुमा जनचेतना मुलक कार्यक्रमहरु पनि गर्दै आईरहेको छ ।

मंगलवार बिहान १० बजे बि.पी चोक देखि र्याली लगाउदै बागेश्वरि मन्दिरको परिसरमा पुगी मन्दिरको सरसफाई सहित त्यसका आसपासका क्षेत्रहरुमा सरसफाई गर्ने कार्यक्रम रहेको सामर्थ्य नेपाल नेपालगन्जका अध्यक्ष पंकज वलीले जानकारि दिनुभयो ।

यो एउटा सस्थाको मात्रै नभयर सम्पुर्ण ब्यक्तिको जिम्मेवारी भएको हुदा युवाहरु अझ बढी सक्रिय हुन जरुरि छ । आउनुस संगै हातेमालो गरौ भन्दै भोलीको कार्यक्रममा समावेश हुन पनि अध्यक्ष वलीले अनुरोध गर्नुभयो ।सामर्थ्य नेपाल नेपालगन्जले फोहोर ब्यबस्थापनका लागी अब नेपालगन्ज उपमहानगरपालिकालाई पनि जोड दिने भएको छ ।

सफा,सुन्दर नगर बनाउने लक्ष्य बोकेको सामर्थ्य नेपाल नेपालगन्जले आगामी दिनहरुमा अझबढी सक्रिय भई गाउँ शहरमा सकारात्मक प्रभाव पार्ने जनचेतना मुलक कार्यक्रमहरु गर्ने पनि अध्यक्ष वलीले बताउनु भयो ।