चीन भ्रमणबारे प्रधानमन्त्री दाहालद्धारा राष्ट्रपतिलाई जानकारी

काठमाडौँ, चैत २१-
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नु भएको हो ।

उक्त भेटमा प्रधानमन्त्री दाहालले आफ्नो हालै सम्पन्न मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमण तथा अन्य समसामयिक विषयमा जानकारी गराएका राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा परराष्ट्र मन्त्री डा प्रकाशशरण महतलगायत उच्च सरकारी अधिकारीहरुको समेत उपस्थिति थियो ।