फिर्ता पठाइए लेखा अधिकृत

ज्ञानु सङ्गम खड्का/
नेपालगन्ज ,जेष्ठ,६-
महालेखा नियन्त्रकको कार्यालय काठमाडौँवाट नेपालगन्ज उपमहानगरपालिकामा खटाइएका एक जना लेखा अधिकृतलाई नगर प्रमुखले फिर्ता पठाउनु भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयवाट खटाइएका लेखा अधिकृत रामबहादुर केसीलाई नगर प्रमुख डाक्टर धवलशम्शेर राणाले हाजिर गराउन नसकिने व्यहोराको पत्र थमाएर फिर्ता पठाउनु भएको हो ।

उपमहानगरपालिकामा लेखा अधिकृत सहित ५ जना लेखापाल कार्यरत रहेकोले थप अधिकृतहरु र लेखापालहरु आवश्यक नपर्ने हुँदा लेखा अधिकृत केसीलाई हाजिर गर्न दिन नसकिने व्यहोराको पत्र दिएर फिर्ता पठाइएको हो।