उपराष्ट्रपती कप चिल्ड्रेन्स खेलकुद प्ररियोगिता नेपालगन्जमा हुने

ज्ञानु सङ्गम खड्का/
नेपालगन्ज,जेष्ठ,६-

नेपालगन्जमा प्रदेश ५ स्तरीय प्रथम उपराष्ट्रपति कप चिल्ड्रेन्स खेलकूद प्रतियोगिता हुने भएको छ ।

१४ वर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गर्दै पहिलो पटक सरकारले देशव्यापी रुपमा उपराष्ट्रपति कप चिल्ड्रेन्स खेलकूद प्रतियोगिता आयोजना गर्न लागेको हो ।

मध्यपश्चिम खेलकूद विकास समितिको आयोजनामा भोलिदेखि नेपालगन्जको रंगशालामा प्रतियोगिता संचालन हुने अध्यक्ष भीम ओलीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रदेश ५ अन्तर्गत विभिन्न जिल्लाका ३ सय ५६ जना खेलाडीको सहभागिता रहने छ ।