कवि अधिकारीलाई पूर्णिमा साहित्य रत्न पुरस्कार प्रदान गरिने

बाँके,पौष ९-वरिष्ठ गीतकार कवि दिनेश अधिकारीलाई यसबर्षको पूर्णिमा साहित्य रत्न पुरस्कार प्रदान गरिने भएको  छ  ।  आज    बाँकेको  कोहलपुर आयोजना हुने कार्यक्रम बीच हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गर्ने भएको हो ।गीतकार  अधिकारीको  एक  कविता  वाचन कार्यक्रम समेत राखिएको समारोह बीच पूर्णिमा साहित्य रत्न पुरस्कार २०७२ बाट सम्मान गर्न लागिएको  प्रतिष्ठानका  अध्यक्ष महानन्द ढकालले जानकारी दिनुभयो ।

प्रतिष्ठानका  संरक्षक  सागर  गैरेका अनुसार, ११ हजार १ सय ११ नगद तथा  कदर  पत्र  सहित  प्रदान  गरिने पूर्णिमा साहित्य रत्न यसअघि स्वर्गीय प्रेम प्रकाश  मल्ल र दोस्रो संस्करण वरिष्ठ  स्रष्टा  सनत  रेग्मीलाई  प्रदान गरिएको थियो ।‘भव्य कार्यक्रम बीच पुरस्कार वितरण  गरिंदैछ’,  कार्यक्रमको  पूर्व तयारी बारे जानकारी दिंदै अध्यक्ष संरक्षक  गैरेले  भन्नुभयो,  ‘गीतकार अधिकारीको एकल कविता वाचन कार्य क्रम पनि गरिंदैछ ।’