गुड न्यु आइटिसी ट्रेनिङ्ग सेन्टर तथा ब्युटी पार्लरको ९ दिने तालिम सम्पन्न

नेपालगन्ज,चैत्र,२४-
नेपालगन्जमा ९ दिने ब्युटी पार्लर तालिम आइतबार सम्पन्न भएको छ।

गुड न्यु आइसिटी ट्रेनिङको आयोजनामा पार्लर सम्बन्धी स्किन कक्षा र सौन्दर्य तालिम सम्पन्न भएको हो।

रसिया तथा भारतमा तालिम प्राप्त काठमाडौंकि मेकअप आर्टिष्ट पुनम श्रेष्ठ र कस्मोलोजिष्ट बिमला रोजाईद्वारा उक्त तालिम दिइएको गुड न्यु आइसिटीकी सन्चालिका गीता भण्डारीले बताईन।

स्किन क्लास तालिम ४ दिन र मेकअप क्लास ५ दिन भएको मेकअप आर्टिष्ट तथा प्रशिक्षक पुनम श्रेष्ठले बताईन।साथै यस ट्रेनिङबाट उत्कृष्ट हुने १ जनालाई     पुनम मेकअप ट्रेनिङ सेन्टरको तर्फबाट फ्री कोर्स  दिने पनि प्रशिक्षक श्रेष्ठले जानकारी दिइन।

 

तालिममा बाँके , सुर्खेत र बर्दियाका गरी ३१ जनाले सहभागीता जनाएका थिए। समापन कार्यक्रममा सहभागीहरुबीच सौन्दर्य प्रतिस्पर्धा गराइएको थियो। प्रतिस्पर्धाबाट निलम श्रेष्ठ प्रथम, ममता गिरी दोस्रो र पुर्णिमा पौडेल तृतीय भएका थिए।

उत्कृष्ट तीन जनालाई गुड न्यु ट्रेनिङ्ग सेन्टरको तर्फबाट      आकर्षक उपहार दिइएको उक्त पार्लरकि अर्कि सन्चालिका सुधा गिरीले जानकारी दिइन।

 

९ दिनको तालिमबाट आफुले पुर्ण रुपमा सौन्दर्य सम्बन्धि धेरै कुराहरु सिकेको सहभागीहरुले बताए।

यस भन्दा अगाडि धेरै निशुक्ल तालिमहरु दिसकेको र महिलाहरु आफैमा पार्लर सम्बन्धी सीप सिकेर आत्मनिर्भर रहुन भन्ने उद्देश्यले उक्त तालिम गराइएको सन्चालिका भण्डारीले बताइन।