चलचित्र “कुम्भ करण” जेष्ठ १७ गते बाट देशभर एकसाथ प्रदर्शन हुँदै

नेपालगन्ज,जेष्ठ,११-


आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्र “कुम्भ करण” जेष्ठ १७ गते (शुक्रबार) बाट देशभर एकसाथ प्रदर्शन हुनेभएको छ।

दिपक वली निर्देशित उक्त चलचित्र एक ग्रामीण विद्यालयका शिक्षक-शिक्षिकाबिचमा हुने प्रेम सम्बन्ध, द्वन्द र सस्पेन्समा आधारित रहेको छ।
चलचित्रमा निशा अधिकारी, भोलाराज
सापकोटा, गौरव पहारी , अभय बराल संगै आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्री, सदभाव थापा लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ।

 महेश दवाडीको कथा,पटकथा तथा संवाद रहेको उक्त चलचित्रमा हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन र गोविन्द मधुर आचार्यको संगीत रहेको छ । चलचित्रलाई चित्रबहादुर घर्तिमगर, क्षितिज बस्नेत र चुपनिधि रिजालले संयुक्त रुपमा निर्माण गरेका हुन भने चलचित्रको कार्यकारी निर्माता रोम ओली रहेका छन।

चलचित्रको ट्रेलर हेर्नुस..