सीतापुरमा तरकारिको बिरुवा रोपेर स्मार्ट कृषि गाउँ घोषणा

नेपालगन्ज, फाल्गुन,२०-
बाँकेको खजुरागाउँपालिका २ को सीतापुरलाई स्मार्ट कृषि गाउँ घोषणा गरिएको छ । प्रदेश पाँचका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आज एक कार्यक्रमकाबीच तरकारीको विरुवा रोपेर सीतापुरलाई स्र्माट कृषि गाउँ घोषणा गर्नुभएको छ ।

बाँकेमा ६ वटा स्मार्ट कृषि गाउँ बनाउने प्रदेश सरकारको योजना छ । ति गाउँमा ५० लाख अनुदानसँगै प्राविधिक खटाइने मन्त्री पौडेलले बताउनुभयो । कृषि उद्यमीहरू लाई प्रविधी, यान्त्रीकरणको प्रयोग गरी ठुला व्यावसायी बनाई कृषिमा आत्म निर्भर बनाउन लाई यो स्मार्ट कृषि गाँउ कार्यक्रम ल्याइएको मन्त्रि पौडेलले बताउनुभयो ।

सीतापुर गाउँलाई तरकारी खेती मुख्य कृषि उत्पादनका रुपमा लिइएको छ । स्मार्ट कृषि गाउँ सितापुरका संयोजक लाल बहादुर खत्रिको अध्यक्षतामा भएको शुभारम्भ समारोहमा ५ नम्बर प्रदेश सांसद बाबुराम गौतम, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुराका निर्देशक गोविन्द केसी, कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकाल, राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका हेमराज अवस्थी, पशु तालिम केन्द्र नेपालगन्जका प्रमुख डा.खगेन्द्र सापकोटा, कुखुरा विकास फार्म खजुराका प्रवन्धक ललितजगं कुवर, कृषक महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष सर्वजित विष्ट लगाएतले शुभकामना दिनुभएको थियो ।

प्रदेश सरकारले बाँकेका नेपालगन्ज उपमहानगरपालिका १२ बेलासपुर, कोहलपुर नगरपालिका १३ खड्गवार, राप्तीसोनारी ७ फत्तेपुर, डुडुवा गाउँपालिका ३ बनकट्टी, बैजनाथ गाउँपालिका ४ नौलापुरलाई स्मार्ट कृषि गाउँ कार्यान्वयनमा ल्याउन लागेको हो । छनौटमा परेका कृषि गाउँमा तीन पटक खेती गरिने छ ।