रचनालाई निरन्तरता दिन स्रष्टालाई अध्यक्ष ओलीको आग्रह

काठमाडौं,आषाढ,२६-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले साहित्यिक रचनाहरुलाई निरन्तरता दिन स्रष्टाहरुलाई प्रोत्साहित गर्नुभएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टाहरुलाई आग्रह गर्नुभएको हो ।

उहाँले गीत, संगीत र गायनको क्षेत्रलाई अगाडि बढाउन नेपाली जनता सदैव प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नुभयो । नेपाल कविता, गीत, संगीत, गायनजस्तो रचनाहरुको परम्परा भएको मुलुक भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस परम्परालाई निरन्तरता दिएरनै अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

अध्यक्ष ओलीले गीत, संगीतसहितका साहित्यिक रचनाहरु छन्दवद्ध र लयवद्ध हुने भएकाले त्यसलाई बिर्सन नसकिने बताउनुभयो । उहाँले नेपाल साहित्यिक रचनाहरुको पनि उद्गम थलो रहेको दोहो¥याउनुभयो ।

कार्यक्रममा ओलीले छिन्नलता साहित्यिक पुरस्कारबाट स्रष्टाहरुलाई सम्मान समेत गर्नुभएको थियो ।