लुक्लामा विमान र हेलिकोप्टर दुर्घटनाः मृत्यु हुनेको संख्या ३ पुग्यो

कामाण्डौं,बैशाख,१-

सोलुखुम्बुको लुक्ला विमानस्थलमा विमान र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।दुर्घटनामा घाइते प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो ।

समिट एयरको एउटा विमान मनाङ एयर र श्री एयरको हेलिकोप्टर ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनामा विमानका को–पाइलटर सुदीप ढुंगाना र पर्यटक प्रहरीका सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो ।

लुक्लाबाट रामेछापको मन्थलीमा कार्गो उडान भर्न लागेको समिट एयरको विमान विमानस्थलमै रहेका मनाङ र श्री एयरको हेलिकोप्टरमा ठोक्किएको हो ।दुर्घटनामा विमान चालक रविन्द्रनाथ रोकाया र मनाङ एयरका क्याप्टेन घाइते भएका छन् ।  घाइतेमध्ये विमान चालक रोकायाको अवस्था गम्भीर छ ।

उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । विमानकी परिचालिका आर. लामा भने सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

बिहान ९ बजेर ७ मिनेटमा विमान उड्ने क्रममा रनवेमा चिप्लिँदा हेलिकोप्टरमा ठोक्किँदा दुर्घटना भएको हो ।विमान र हेलिकोप्टर ठोक्किँदा लागेको आगो भने नियन्त्रणमा लिइएको छ । ईमेज खबरबाट