आठौंअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङको टिम च्याम्पियन आर्मी टोली

नेपालगन्ज,बैशाख,०१-
आठौंअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङको टिम च्याम्पियनमा आर्मी टोली पर्न सफल भएको छ।

६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी समग्रमा च्याम्पियन बन्यो । दोश्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ प्रदेश ३ ले तेश्रो स्थानमा चित्त बुझायो ।

प्रदेश १ ले ५ रजत, प्रदेश ४ ले २ रजत र सुदूरपश्चिम प्रदेशले १ कांस्य हात पार्दै क्रमशः चौथोदेखि छैटौं स्थानमा यात्रा टुंगाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नेपालगन्ज रंगशालाको कभर्डहलमा चैत २८ गतेदखि सुरु प्रतियोगतामा १ सय २९ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।