आठौं राष्ट्रिय खेलकुद अन्तर्गत साईक्लिङ प्रतियोगितामा आर्मी च्याम्पियन

नेपालगन्ज,बैशाख,०२-
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्टी पुरुष साइक्लिङ दौडमा आर्मीका ओकेश राज बज्राचार्यले स्वर्ण जितेका छन् ।

निर्धारित दुरी १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पुरा गर्र्दै उनी च्याम्पियन बनेका हुन् । आर्मीकै हिमाल टमाटा दोस्रो बने । उनले निर्धारित दुरी १ घण्टा २६ मिनेट ०६ सेकेन्डमा पुरा गरे ।

गण्डकी प्रदेशका हिक्मत बिकेले १ घण्टा २६ मिनेट ४४ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै तेस्रो भए ।
बाँकेको बैजनाथ गाउँपालिका गाभरमा भएको प्रतियोगितामा महिला स्पर्धामा प्रदेश तीनकी लक्ष्मी मगरले बाजी मारिन् । उनले निर्धारित दुरी १ घण्टा २० मिनेट ५२ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन् ।

त्यस्तै प्रदेश एककी उषा खनाल दोस्रो भईन् । उनले निर्धारित दुरी १ घण्टा ३३ मिनेट ३८ सेकेन्डमा पुरा गरिन् । प्रदेश तीनकी निर्जला ताम्राकार निर्धारित दुरी १ घण्टा ३५ मिनेट ५६ सेकेन्डमा पुरा गर्दै तेस्रो भईन् ।