काठमाडौं,असार,२-चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय सैनिक बेपत्ता भएका छन्।भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले समाचार प्रकाशित गरेको छ।
🚨BREAKING: Three Indian soldiers 'killed' in clash on Chinese border
https://t.co/8vqWtRVb8j— Telegraph Breaking News (@TelegraphNews) June 16, 2020
भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएकाे हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन्। तर, भारतले यस विषयमा अहिलेसम्म औपचारिक रुपमा कुनै जानकारी गराएको छैन।
यसअघि भारतीय सेनाले गलवान उपत्यका गए राति चिनियाँ र भारतीय सेनाबीच झडप भएको र त्यस क्रममा भारतका एक कर्णेल र दुई जवानको मृत्यु भएको पुष्टि गरिसकेको छ।
चिनियाँ र भारतीय सेनाबीच धकेलाधकेल हुँदा आफ्ना सैनिक भीरबाट खसेको भारतीय अधिकारीको दावी छ।लद्दाखका विभिन्न क्षेत्रमा भारत र चीनबीच पछिल्लो एक महिनादेखि सीमा विवाद चल्दै आएको छ। एजेन्सी