नेपालमा थप ३८० जनामा संक्रमण पुष्टी, संक्रमित संख्या ६,५९१ पुग्यो

११,५८ जना निको भए, हालसम्म १९ को मृत्यु, ७७ मध्ये ७३ जिल्लामा कोरोना फैलियो

काठमाडौं,असार,२-नेपालमा पछिल्लो २४ घण्टामा ३८० कोरोना संक्रमित थपिएका छन्।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा कोरोना पोजिटिभ देखिएको बताउनुभयो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। त्यसमध्य ४९९ महिला र पुरुष ६ हजार ९२ रहेका छन् ।त्यस्तै पछिल्लो २४ घण्टामा ११७ जना उपचारपछि डिस्चार्ज भएका छन्।यो संगै १,१५८ जना निको भएका छन् भने १९ जनाको मृत्यु भएको छ । 

अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ।अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति फेला परेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।