नेपालगञ्ज गोल्डकप फुटबलमा सुदुरपश्चिम ११ र संकटा क्लव भिड्ने

बाँके,फागुन ३०
नेपालगञ्जमा जारी दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाईनलका खेल हुँदैछ। नेपालगञ्ज रंगशालामा दिउँसो ३ बजेपछि हुने खेलमा सुदुरपश्चिम ११ र संकटा क्लव भिड्नेछन्।

आइतबार भएको खेलमा भने मनाङ मर्स्याङ्दी लाई २ – १ गोल अन्तरले हराउदै रूपन्देही–११ ले नेपाल प्रहरी संगको भेट पक्का गरेको छ। यसअघि शनिबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा पुगेको हो।

भने नेपाल प्रहरी नेपालगंज ११ लाई हराउदै सेमिफाईनलमा पुगेको हो । यस्तै सुदुरपश्चिम ११ ले दिल्ली युनाईटेड भारतलाई हराउदै सेमिफाईनलमा प्रवेश गरेको हो ।