बाँके,फागुन ३०-
नेपाल साँस्कृतीक संघ क्षेत्रीय कार्यसमिती बाँकेले आज कोहलपुरमा होली मिलन कार्यक्रम गर्ने जनाएको छ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्दै होली मिलन कार्यक्रम गर्न लागिएको नेपाल साँस्कृतीक संघ बाँकेका सभापती सन्तोष राज पौडेलले जानकारी दिनुभएको छ । उहाँले आज दिउँसो १ बजेबाट शुरु हुने होली मिलन कार्यक्रममा उपस्थिति हुन सबैलाई अनुरोध गर्नुभएको छ ।
यस्तै
अहिले बिहान ९ बजे नेपाल प्रेस यूनीयन बाँकेले लामो समय देखि पत्रकारीताको क्षेत्रमा काम गर्दै आउनु भएका चाचा जी को घर बाट होली मिलन कार्यक्रम गर्ने जनाएको छ । यस वर्षको होलीको शुरुवात चाचा जीको आर्शिवाद संगै त्यहाँबाट होली शुरु गर्न लागेको नेपला प्रेस यूनीयन बाँकेले जनाएको छ ।
यस्तै
यता नेपाल पत्रकारसंघ बाँके शाखाले पनि अहिले विहान ८ बजेबाट होली मिलन कार्यक्रम गरिरहेको छ । सम्पुर्ण पत्रकार टिमहरुको जमघटमा होली मिलन कार्यक्रम गर्न लागेको हो ।
त्यसैगरि
बोगेश्वरी टेलिभिजनले पनि बिहान ११ बजे देखि नै होली मिलन कार्यक्रम राखेको छ । एक आपसमा अबिर लगाउर्दै खुशीयाली साटासाट गर्ने जनाएको छ । उक्त कार्यक्रममा नवनिर्वार्चीत नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष वीरेन्द्र कुमार यादव ज्यु लगायत उहाँको सम्पुर्ण प्यानललनई शुभकामना बधाई संगै होलाी मिलन कार्यक्रम गर्न लागेको कार्यक्रममा नेपाली काँग्रेसका सभासद बादशाह कुर्मीको पनि उपस्थितीहुने जानकारी दिएको छ ।
त्यस्तै
उता कोहलपुरको मदनचोकमा बिहान १० बजे देखि डाईनामिक युथ क्लवको आयोजनामा होलि बिशेष कार्यक्रम हुने भएको छ । उक्त होली विशेष कार्यक्रममा सबैलाई सहभागी भई रमाउनु हुन र हाम्रो हौसला बढाउनुहुन डाईनामिक युथ क्लवका अध्यक्ष भुवन भट्टराईले अनुरोध गर्नु भएको छ ।
यस्तै
बाँके जिल्लभरी अन्य विभिन्न संघ संस्थाहरुले पनि विभिन्न ठाँउमा एक आपसमा रंङ अबिर दलेर होली मिलन कार्यक्रम गरिरहेका छन् भने यहाँका सर्वसाधारण बालबालीका दुढापाका युवा युवती एका बिहानै देखि होली मनाई रहेका छन् ।