आज तीजको दर खाने दिन

दर खाने दिनकाठमाडौं,भदौ,१३-हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीजको पहिलो दिन आज दर खाएर मनाइँदै छ।माइतीले आफ्ना चेलीहरूलाई बोलाएर विभिन्न मीठामीठा परिकार खुवाएर यस दिनलाई रमाइलोसँग मनाउने गर्छन् ।

विशेष गरी विवाह गरेर गएका छोरीचेलीहरू माइतीघरमा आएर खिर, घिउ, दूध, दही, मिठाई, फलफूल लगायतका परिकारलाई दरको रूपमा खाने गर्छन् ।

तीजको दिन निराहार व्रत बसेर पूजा गर्ने भएकाले अघिल्लो दिन राति दर खाने चलन छ।तीजको दिन महिलाहरू नाचगान गर्दै शिवको पूजा गरेर निराहार व्रत बस्छन्।तर पछिल्लो समयमा आएर महिनौं अगाडिदेखि दिदीबहिनीहरू जम्मा भएर दर खाने संस्कृति बढ्दै गएको छ ।

परापूर्वकालमा पार्वतीले शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको मनोकामना पूरा भएको धार्मिक किंवदन्तीका आधारमा अविवाहित महिलाहरू असल पति पाउन र विवाहित महिलाहरू श्रीमानको दीर्घायुको कामना गर्दै ब्रत बसेर महादेवको पूजाआजा गरेर तीज मनाउने गर्छन्।भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म गरी तीज चार दिन मनाइन्छ ।

हरितालीका तिजको पहिलो दरखाने दिनको सुवण अवसरमा सारा संसारभरी यत्र तत्र छरिएर बस्नु बस्नु भएका सम्पुर्ण हिन्दु नारिहरुमा धेरै धेरै शुभकामना !! साथै सबैजनाको आजको दिन वर्त बस्दा माग्नु भएको वर अर्थात मनोकांक्षा पुरा होस् तथा आफ्नो स्वास्थ्यको पनि उत्तीकै ख्याल राख्नुहोला भन्दै हाम्रो बिहानी अनलाईन परिवारको तर्फबाट धेरै धेरै शुभकामना व्यक्त गर्दछौ ।