नेपालमा थप ५० जनाको मृत्यु, ९ हजार १९६ जना संक्रमित

काठमाडौं,बैशाख,२४-नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ९ हजार १ सय ९६ जना कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९ सय ८७ पीसीआर परीक्षणबाट ९ हजार २३ तथा ४ सय ९५ एन्टिजेन परीक्षणबाट १ सय ७३ संक्रमित पुष्टि भएका हुन् ।

यसअघि हिजो ९ हजार ७० जना संक्रमित थपिँदा ५४ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको छ ।

थपिएका संक्रमितमा काठमाडौंका ३ हजार ८९ जना, रुपन्देहीका ७ सय ३० जना, ललितपुरका ६ सय ४३, कास्कीका ३ सय ९३ जना, भक्तपुरका ३ सय ७४ जना, दाङका ३ सय ६६ जना, चितवनका ३ सय ४३ जना, मोरङका २ सय ७३ जना, बाँकेका २ सय २२ जना र झापाका २ सय १६ जना रहेका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ रहेको छ ।अहिलेसम्म ३ लाख ७७ हजार ६ सय ३ जना संक्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जनामात्र संक्रमणमुक्त रहेका छन् ।

अहिलेसम्म २ लाख ९५ हजार ३ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।निको हुने दर घटेर ७८ दशमलव २ प्रतिशतमा झरेको छ ।मृतकको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।