भौतिक दूरी कायम गरि प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई काग्रेसको आग्रह

काठमाण्डौं,मंसिर,२८-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते गर्न लागेको सरकारविरोधी प्रदर्शनमा सक्रिय रुपमा सहभागी हुन् पार्टी सदस्य, समर्थक र शुभचिन्तकहरुलाई आग्रह गरेको छ।

प्रदर्शनको अघिल्लो दिन आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै सभापति शेरबहादुर देउवाले देशव्यापी प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आग्रह गर्नु भएको छ ।

‘कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि म तरुण साथीहरुलाई आग्रह गर्दछु’, विज्ञप्तिमा भनिएको छ।

प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउउँदै आए पनि सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको देउवाको आरोप छ।

सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको र यस्तो प्रवृत्तिको परिणाम नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको विज्ञप्तिमा उल्लेख छ।

उहाले सरकाप्रतिको वितृष्णा अहिलेको अवस्थाप्रतिको वितष्णा भएको भन्दै उहाले कांग्रेसले सडकदेखि संसदसम्म सरकारलाई दबाब दिन लागेको र त्यसको सुरुवात सोमबारको प्रदर्शनबाट हुने बताएका छन्।