परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज भारत जादै

दाङ,बैशाख,२२-
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज भारत जाँदै हुनुहुन्छ । मन्त्री महत नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतको सम्मेलनका लागि त्यता जान लाग्नु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणमा वैशाख ४ र ५ गते उहाँ भारत जानु भएको थियो । परराष्ट्रमन्त्री महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज सम्मेलनको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन भोलिसम्म चल्नेछ ।

परराष्ट्रमन्त्री महत थाइल्यान्डस्थित नेपाली राजदूतावास र सिंगापुरस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुन बुधबार सिंगापुर पुग्ने कार्यक्रम पनि रहेको छ । महतले सिंगापुरमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।