आजदेखि नयाँ वर्ष २०८१ साल सुरु

देश,विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ मनाउदै

फाईल तस्विर ॥

टोकियो,जापान,वैशाख,१-आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश,विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ।

नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ।विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो।मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो।नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ।भारतमा सरकारी सम्वत् शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत् चलेको छ।

नयाँ वर्षको अवसरमा यस बिहानी अनलाईन मल्टीमीडिया प्रा.ली का अध्यक्ष/प्रधान सम्पादक दिपेन्द्र सारु मगरले शुभकामना सन्देश दिँदै सबै देश,विदेशमा बस्नु हुने सम्पूर्ण नेपालीजन तथा पाठक वर्ग ज्यूहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, एवंम दिर्घायु उत्तरोत्तर प्रगतिको कामना गर्दै नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्नुभएको छ।