होटल रेस्टुराँ साउन १५ देखी खुला हुने,स्कुल भर्ना भदौ १ बाट

ट्रेकिङ ट्राभल पनि १५ गतेदेखि नै खुल्ला हुने

फाईल तस्विर !!
काठमाडौं,साउन,६-सोमबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले साउन १५ देखि होटल तथा रेस्टुराँ खोल्ने निर्णय गरेको छ । 

यस्तै: ट्रेकिङ ट्राभल पनि १५ गतेदेखि नै खुल्ला हुने भएको छ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्कुल भर्ना १ गतेदेखि लिन सकिने बताउनुभयो ।भर्ना खुला भएपनि विद्यालय भने अर्काे सूचना नआएसम्म खुल्ने छैनन्।

त्यस्तै खेलकुद लगायतका क्रियाकलाप पनि भदौ १ गतेदेखि सञ्चालन गर्न सकिने निर्णय भएको उहाॅंले जानकारी दिनुभयो ।