निर्मला पन्तका हत्यारा जोसुकै भए पनि कारवाही हुनुपर्छ : राष्ट्रपति

काठमाडौं,भद्र,२९-

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मला पन्तको हत्यारा जोसुकै भए पनि कारवाही गर्नुपर्ने बताउनु भएको छ ।राष्ट्रिय बाल दिवसको अवसरमा आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले बालबालिकामाथि हुने जुनसुकै जघन्य अपराधमाथि राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।

अहिले बलात्कारका घटना बढ्दै गएको भन्दै राष्ट्रपति भण्डारीले बालबालिकामाथि हुने दुब्र्यवहार रोक्न जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएको भन्दै उहाँले बालमैत्री संरचना आवश्यक रहेकोमा जोड दिनुभयो ।उहाँले बालबालिकाको हक, अधिकार सुनिश्चित गर्नका लागि केही कानुन परिमार्जन गर्नुपर्ने औंल्याउनुभयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिका देशका कर्णधार भएकाले उनीहरुको हितमा राज्यले काम गर्ने बताउनुभयो ।बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका सबैखाले अधिकारको सुरक्षा गर्न सरकार तयार रहेको उहाँका भनाइ थियो ।

अन्य वक्ताहरुले भने बालबालिकामाथि हत्या, अपहरण, बलात्कार र दुब्र्यवहार बढ्दैजादा पनि राज्य गम्भीर नभएको आरोप लगाएका थिए ।कार्यक्रममा बालबालिकाहरुले आफ्ना हक, अधिकार सम्बन्धि संगीत र नृत्य प्रस्तुत गरेका थिए । ईमेजखबरबाट