गोर्खाकी गायीका थापाको ओखलढुंगामा दमदार प्रस्तुती

काठमाण्डौं,भाद्र,२९-

लोक तथा दोहोरी गायीका सिता थापाले ओखलढुंगामा दमदार प्रस्तुती दिएकी छिन् । गोर्खामा जन्मिएकी गायीका पहिलो चोटी पुर्बको ओखलढुंगामा आएर आफ्नो उत्कृष्ट प्रस्तती दिएकी हुन् ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका च्यानममा हरितालिका तीजको अबसरमा आयोजित सास्कृतिक कार्यक्रममा गायीका थापाले दर्जन भन्दा बढि गीतहरु मार्फत दर्शक लाई छमछमी नचाएकी थिईन् ।

तीजका निक्कै चर्चित भाका, सालैजो,लोक तथा दोहोरी गीत मार्फत सम्पुर्ण दर्शक लाई नचाएकी थिईन् । पुर्बेली भाकामा रमाउने ओखलढुंगा बासीले पश्चिम तीर बज्ने सालैजो भाकामा पनि छमछमी नाचेर मनोरञ्जन लिएका थिए ।

कार्यक्रममा चर्चित गायक बाल कुमार श्रेष्ठ, गायीका सिता माझी, र सिर्जना बर्देवाको पनि उत्कृष्ट प्रस्तुती रहेको थियो ।