आजको राशिफल ।। साउन १० गते मंगलवार ।।

काठमाडौं,साउन,१०-आज विक्रम संवत २०७९ साल साउन महिनाको १० गते मंगलवार, (जुलाई २६ तारिख) कृष्ण त्रयोदशी तिथि !!

आज साउन १० गते मंगलवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन विद्या र बुद्धिको विकास हुनेछ।महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।व्यापारबाट पनि लाभ हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।घरमा अतिथिको आगमन हुनेछ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिव बोलीको भरमा कार्य सम्पादन हुनेछ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ योजना बन्नेछ।घुम्न जाने योजना पनि बन्न सक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन खानपिनका कारण पेटमा समस्या बढ्नसक्ने सम्भावना छ।लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला, तर वैदेशिक काम बन्ला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन आँटेको काममा सफलता नमिल्न सक्छ।गरेका कार्यमा ढिलासुस्ती हुनेछ।प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन रमाइलो यात्राको योग रहेको छ।बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ।प्राविधिक कार्यमा सफलता मिल्नेछ।आज दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। बौद्धिकताको विकास हुनेछ।न्यायिक कार्यमा सफलता मिल्नेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ।घर व्यवहारको समस्याले सताउनेछ।नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन नयाँ काम वा रोजगारको अवसर मिल्नेछ।सफल यात्रा पनि रहला।मित्रको सहयोगबाट मिल्नेछ, तर पारिवारिक समस्या र आर्थिक पक्ष राम्रो छैन ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन श्रमको उचित मूल्याङ्कन हुनेछ मिष्ठान्न भोजनको अवसर मिल्नेछ।कुनै कुराले मनमा शान्ति छाउनेछ।प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ।पशुचौपायाबाट लाभ प्राप्त हुनेछ। कुनै कुराले मनमा शान्ति पनि छाउनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन कठोर परिश्रम गर्नुपर्ने समय छ।दैनिक व्यवहारमा खर्च बढ्न सक्छ।नाक तथा घाँटीमा समस्या आउन सक्छ र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल