वामदेवलाई हराउने ओली नै हुन्, मलाई झण्डै हराएका थिए–माधव नेपाल

काठमाडौं,चैत,२२-नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तमासामात्र गरिररहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा समानान्तर कमिटी घोषणा गर्न आयोजित भेलामा सम्बोधन गर्दै उहाँले ओलीले पार्टीलाई गलत बाटोमा लगेको र बालुवाटारमा बसेर तमासा गरेको बताउनुभयो ।

दुई तिहाइको सरकार बनेपछि कम्युनिष्ट पार्टीले अझ राम्रो काम गर्लान् भन्ने अपेक्षा रहेको भए पनि ओली सरकारले कुनै पनि क्षेत्रमा राम्रो काम गर्न नसकेको नेपालले बताउनुभयो ।

एक प्रसंगमा नेता नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आफूलाई गत प्रतिनिधि सभाको निर्वाचनमा हराउन खोजेको आरोप लगाउनुभयो ।

उपाध्यक्ष वामदेव गौतमलाई पनि ओलीले नै हराएको उहाँको आरोप छ।विभिन्न व्यक्तिलाई विभिन्न ठाउँमा हराउनका लागि ओलीले भूमिका खेलेको उहाँको आरोप छ ।

यसमध्ये पनि सबैभन्दा पहिला जो प्रधानमन्त्रीको प्रत्यासी हुन्छ त्यसको पत्तासाफ गरिदिने योजनामा ओली लागेको नेपालले तर्क गर्नुभयो ।