नहरमा डुवेर महिलाको मृत्यु

तुलसीपुर,बैशाख,२२-
वैशाख पश्चिम दाङको पंचकुलेमा एकजना महिलाको पानीमा डुवेर मृत्यु भएको छ । साविक पंचकुले ६ मटेरी र हालको बबई गाउँपालिका वडा नं. ७ मटेरी निवासी ४६ वर्षीया दिलकुमारी चौधरीको पानीमा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले बताए ।
चौधरीले विहीवार साँझ साढे ७ बजेको समयमा छिमेकीको घरमा टिभी हेर्ने भनि गएको र घर फर्किदै गर्दा स्थानीय नहरमा खस्न पुग्दा डुवेर मृत्यु भएको पनि डिएसपी तिम्सिनाले बताए ।
प्रहरीका अनुसार चौधरीले अत्यधिक मदिरा सेवन गरेको हुँदा उनी नहरमा लडेको र त्यँही डुवेर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । शुक्रवार विहान चौधरीको शव उक्त नहरवाट निकालेले पोष्ट मार्टमाका लागि अस्पताल तर्फ ल्याउँदै गरिएको खबर प्रहरीले दिएको छ ।