खुला दिशा मुक्त हुदै भीनपा

 

इन्द्र कार्की
महेन्द्रनगर, बैशाख,२३
toilet कञ्चनपूरको जेठो भीमदत्तनगर पालिकाले खुला दिशा मुक्त नगर पालिका हुने कार्यमा तीव्रता दिएको छ । यसै क्रममा भीमदत्त नगर पालिका वडा नं. ०८ लाई शुक्रवारका दिन एक कार्यक्रम गरि भीमदत्त नगर पालिकाका कार्यकारी अधिकृत रमेश गौतमले खुला दिशा मुक्त वडा भएको घोषणा गरेका छन् । वडा नं. ०८ का सचिव हरि प्रसाद मिश्रको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिका, खानेपानी कार्यालय,सेवक नेपाल,संजीवनी नेपाल तथा विभिन्न दलका प्रतिनिधि र स्थानिय वासिन्दाहरु सहभागी रहेका थिए । स्थानिय वासिन्दा र भीमदत्तनगर पालिकाको सहयोग र सेवक नेपालको सहजिकरणमा शौचालय नभएका वडा का करिव तीन सय पचहत्तर घरधुरिमा शौचालय वनेपछि वडामा रहेका सवै घरधुरीमा शौचालय भएको सेवक नेपालका टेकेन्द्र सिह रावलले जानकारी दिए । खुला दिसा मुक्त हुनु सुरुवात भएको वताउदै रावलले खुला दिशा मुक्त भए पछि पनि सरसफाइका कार्यक्रमलाई निरन्तरता दिने वताए । यस्तै गरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यकारी अधिकृत रमेश गौतमले खुला दिशा मुक्त हुनु सराहनिय कार्य भएको र यसको निरन्तरताका लागि सवैले लाग्नु पर्ने धारणा राखे । भिमदत्तनगर पालिकाले खुला दिशा मुक्त वडा घोषणाका लागि नगरपालिकाका सवै वडाहरुलाई सहयोग गर्ने गौतमले वताए । वडा नं. ०८ खुला दिशा मुक्त भए संगै १९ वटा वडा रहेको भीमदत्तनगर पालिकाका अव वडा नं. ४,९,१० र १८ गरि चार वटा वडा मात्र खुला दिशा मुक्त हुन वाँकी रहेका छन् । सरकारले सन् २०१७ सम्ममा देशलाई नै खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको छ ।