देउवाको उदासीनता रहस्यमय छ-रामचन्द्र पौडेल

काठमाडौं,चैत्र,३-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमय भएको टिप्पणी गर्नुभएको छ ।

प्रेस युनियन कास्कीले आयोजना गरेको पूर्णप्रसाद/मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै पौडेलले कांग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्ने बताउनुभएको हो ।

नेपालको राजनीति उल्टो दिशातर्फ गएको भन्दै पौडेलले राष्ट्रिय–अन्तर्राष्ट्रियजगतबाट नेपाललाई खेलमैदानको रूपमा प्रयोग गर्न खोजिएको दाबी गर्नुभएको छ । उहाँले केपी ओली नेतृत्वको सरकारले संसद् विघटन गरेर मुलुकलाई अधिनायकवादतर्फ धकेलेर नेपालको राजनीतिलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउनु भएको छ ।

यसैबीच पूर्णप्रसाद÷मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार पत्रकार हिमनिधि लौडारीलाई प्रदान गरिएको छ ।