नेपालमा ११४ जना कोरोना संक्रमित थपिए

काठमाडौं,चैत ३-नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७९० जनामा पिसिआर परिक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ ।पछिल्लो २४ घण्टामा ९४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसागै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या ९ सय १५ रहेको छ ।