राप्ती शिक्षा नवआगन्तुकलाई स्वागत,स्वागत सँगै विद्यार्थीको कला प्रस्तुत

कार्यक्रमले विद्यार्थीमा आपसी सम्बन्ध बलीयो हुने विश्वास

तीर्थराज चौधरी/
घोराही,पुस,७-
घोराहीमा रहेको राप्ती शिक्षा क्याम्पसमा बिएड दोस्रो र तेस्रो वर्षमा अध्ययनरत्त विद्यार्थीले प्रथम वर्षका नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन् । क्याम्पसमा आज एक कार्यक्रमको आयोजना गरि नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको हो ।

बिएड दोस्रो वर्षमा अध्ययनरत्त विद्यार्थी करुणा बस्नेतको अध्यक्षता तथा क्याम्पस प्रमुख हुकुमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यता एंव नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको विशिष्ठ आतिथ्यतामा स्वागत कार्यक्रम भएको हो ।

विद्यार्थी नविन किशोर वलीको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्न गरिएको यस्ता कार्यक्रमका विद्यार्थी बिचको आपसी सम्बन्धलाई बलियो बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् ।

कार्यक्रममा विद्यार्थीको स्वागत संगै क्याम्पसमा अध्ययनरत्त विद्यार्थीले गित गजल तथा नृत्य प्रस्तुत गरेका थिए । क्याम्पसमा बिएड दोस्रो र तेस्रो वर्षमा अध्ययनरत्त विद्यार्थीले प्रथम वर्षका विद्यार्थीलाई स्वागत कार्यक्रममा शिक्षक चन्द्रबहादुर थापा, नेपाल पत्रकार महाँसंघ दाङका अध्यक्ष सविन प्रियासन, क्याम्पस प्रमुख हुकुमबहादुर बुढाथोकी लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण बिएड दोस्रो वर्षमा अध्ययनरत्त कौशल वलीले गर्नुभएको थियो ।