ए डिभिजन लिग: मनाङ मर्स्याङ्दी र एपीएफ एफसी विजयी

बुढासुब्बा गोल्डकपविरुद्ध मनाङको उजुरी

काठमाडौं,चैत्र,२-शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सिजनको पहिलो विभागीय डर्बीमा बुधबार एपीएफ एफसीले त्रिभुवन आर्मी एफसीलाई १-० ले पराजित गरेको छ ।

मणिकुमार लामाले गरेको एक मात्र गोलमा आर्मीमाथि जित निकाल्दै एपीएफले ३ अंक जोडेको हो।च्यासल मैदानमा भएको खेलमा एपीएफका लागि मणिले ३७औं मिनेटमा गोल गरेका थिए।

लिगमा एपीएफको यो दोस्रो जित हो । एपीएफले पहिलो खेलमै थ्री स्टारलाई पराजित गरेको थियो।चार खेलबाट दुई जित र एक बराबरीसहित ७ अंक जोडेको एपीएफ पाँचौँ स्थानमा छ।आर्मीको भने यस सिजन यो पहिलो हार हो । हारपछि चार खेलबाट ५ अंक रहेको आर्मी नवौं स्थानमा झरेको छ ।

यसैविच:मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीलाई ३-१ ले पराजित गरेको छ।लगातार चौथो खेलसम्म अपराजित मनाङ सिजनको दोस्रो जितपछि अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

दशरथ रंगशालमा भएको खेलमा मनाङ लागि दुई विदेशी खेलाडीले गोल गरे । रोशन राना मगरले ३९औं मिनेटमा गोल गर्दै मनाङलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । सायीदजमोल दाभ्लातजोनोभले ६८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मनाङको अग्रता दोब्बर पारे ।

कोफी टिमोथी कोउडोले ८७औं मिनेटमा गोल गरेपछि मनाङले ३-० को अग्रता बनाएको थियो । जारी लिगमा रोशन र साउदी जमोलको यो दोस्रो गोल हो भने टिमोथीले पहिलो गोल गरेका हुन् ।

एनआरटीका लागि अशोक थापाले इन्जुरी टाइममा एक गोल फर्काए । जितछि चार खेलबाट ८ अंक जोड्दै मनाङ तेस्रो स्थानमा उक्लेको छ र उसले शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड र दोस्रो स्थानको सातदोबाटो युथ क्लबसँग अंकदूरी १ मा झारेको छ ।

यस सिजन चौथो चरणको खेल सकिँदा चर्च ब्वाइज र मनाङ मात्र अपराजित छन् । यसअघि तीन खेलमा जम्मा दुई गोल मात्र गरेको मनाङले एनआरटीविरुद्ध तीन गोल गरेको हो ।

पहिलो खेलमा हिमालयन शेर्पासँग १-१ को बराबरी खेलेको मनाङले दोस्रो खेलमा संकटालाई १-० ले पराजित गरेको थियो भने तेस्रो खेलमा मछिन्द्र एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।तेस्रो हार बेहोरेको एनआरटीको चार खेलबाट १ अंक मात्र छ ।